Skip to content

चार्टर्ड एकाउन्टेन्टहरूको क्षमता विकासमा एक्यान अग्रसर हुँदै

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले ‘Unraveling the Potential’ कार्यक्रम सम्पन्न गरेको छ। एक्यानले चैत १३ गते शुक्रबार दिउँसो ४:१५ बजेदेखि साँझ ७:०० बजेसम्म ग्लोबल कलेज अफ म्यानेजमेन्ट मिड बानेश्वरमा सो कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा नवप्रवेशी चार्टर्ड एकाउन्टेन्टहरूलाई सिकाइ, आत्मचिन्तन तथा पेशागत विकासका लागि महत्वपूर्ण अवसर प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा वक्ताका रूपमा अनिल पौडेल, सुरेन्द्र बहादुर केसी र अनुपमा शंग्रौला रहेका थिए।  उनीहरूले आफ्नो अनुभव, पेशागत यात्रा र सफलताका कथा कार्यक्रममा साझा गरेका थिए।

एक्यानले नव-योग्य चार्टर्ड एकाउन्टेन्टहरूलाई एकै ठाउँमा भेला गराई सिकाइ, आत्मचिन्तन तथा पेशागत विकासको अवसर प्रदान गर्ने लक्ष्य राखेर सो कार्यक्रम गरेको हो। हेर्नुहोस् कार्यक्रमका खास झलक:

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।