Skip to content

‘कक्षा ८ मा हुँदा सिए पढ्ने सोच थियो, आज सफल हुँदा खुशी छु’

काठमाडौँ। अल इन्डिया ३७ हासिल गरेकी नेपाली विद्यार्थी आयुषा श्रेष्ठले सिए पास गर्न रट्टा र बुझाइ दुबैलाई सन्तुलनमा राख्नुपर्ने बताएकी छिन्। फागुन ५ गते बिहीबार अर्थ सरोकरसँग कुराकानी गर्दै श्रेष्ठले सिए पास गर्न रट्टा र बुझाइ दुबैलाई सन्तुलनमा राख्नुपर्ने बताएकी हुन्।

आयुषा श्रेष्ठले ७२ प्रतिशत अंकसहित अल इन्डिया ३७ हासिल गरेकी छन् । उनी एकेडेमी अफ कमर्श चार्टड एकाउन्टेन्ट (एओसी सीए) मा अध्ययनरत थिइन् । चार्टर्ड एकाउन्टेन्सी (सिए) जस्तो चुनौतीपूर्ण परीक्षा पनि निरन्तर मेहनत र सही रणनीतिका साथ सजिलै पार गर्न सकिन्छ भन्ने विश्वास उनले ब्यक्त गरेकी छन्।

उनले आफ्नो सफलताको श्रेय दुबै परिवारलाई दिएकी छिन्। उनले आफ्नो आफ्नो सफलताको श्रेय घरपरिवार र एओसी परिवारको निरन्तर साथ र सकारात्मक वातावरणलाई दिएकी छन्।

अर्थ सरोकरसँग कुराकानी गर्दै उनले भनिन्, ‘कक्षा ८ मा हुँदा देखि नै मैले सिए पढ्ने सोच बनाएको थिए, म घोकन्ते विद्यार्थी हुँ, म रट्टा पनि गर्थें,  केबल रट्टा मात्र गरेर हुँदैन, सिए पास गर्न बुझाइ र रट्टा दुबैलाई सन्तुलनमा राख्नुपर्छ, म दिनमा ८ देखि १० घण्टा पढ्ने गर्थें, बजारमा सिए धेरै गाह्रो हुन्छ भन्ने हल्ला छ, तर बास्तवमा त्यस्तो होइन, मेहनत र सही तरिकाले पढे सिए पनि सजिलै पास गर्न सकिन्छ, मलाई लाग्छ आधुनिक प्रविधिको प्रयोग पनि महत्वपूर्ण हुन्छ, मैले अध्ययनका क्रममा च्याट जीपीटीको पनि सहयोग लिए, जसले विषय बुझ्न र अभ्यास गर्न मलाई धेरै मद्दत गर्‍यो, म पढ्दै गर्दा घरमा कसैले ढोका समेत नकठ्क्याउने वातावरण थियो, घरका सबै सदस्य पढाइप्रति गम्भीर भएकाले मलाई पनि पढ्ने प्रेरणा मिल्यो, कक्षा ८ मा हुँदा नै मैले सिए पढ्ने निर्णय लिएको थिए, अहिले ३७औँ स्थान हासिल गरेँ, अब मेरो लक्ष्य सिंगल डिजिट र्‍याङ्क ल्याउने हो, अब भविष्यमा नेपालमै बसेर आफ्नो करियर अगाडि बढाउँछु।’

एओसी बारे बोल्दै उनले त्यहाँको शैक्षिक वातावरण, नोट्स र अध्ययन सामग्री निकै उत्कृष्ट रहेको बताएकी छिन् । ‘सबैले एओसी राम्रो छ भनेपछि म र ममी त्यहाँ गएका थियौँ। त्यहाँको वातावरण, नोट्स र स्टडी मटेरियल सबै एकदम लागेपछि मैले एओसी जोइन गरेको थिए, आज म एकदम खुशी छु, म नेपालमै केही गर्ने सोचमा छु।’

उनले भविष्यमा नेपालमै बसेर आफ्नो सिएको करियर अगाडि बढाउने योजना सुनाएकी छन्। सानैदेखि पढाइमा उत्कृष्ट रहँदै आएकी आयुषाले आफू सधैं शीर्ष ५ भित्र पर्ने विद्यार्थी भएको पनि उल्लेख गरेकी छिन्।

आयुषाको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण नेपाली विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ। सही मार्गदर्शन, मेहनत र आधुनिक प्रविधिको प्रयोगले कुनै पनि लक्ष्य हासिल गर्न सकिन्छ भन्ने सन्देश उनले अन्य विद्यार्थीहरूलाई पनि दिएकी छिन्।

एओसि एकेडेमी एफ कमर्समा अध्ययनरत नेपाली विद्यार्थी आयुषा श्रेष्ठले चार्टर्ड एकाउन्टेन्सी (सिए) परीक्षामा भारतभर ३७ औँ स्थान हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेकी छन्। उनको यो उपलब्धिले नेपाली विद्यार्थीहरूको क्षमता र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने आत्मविश्वासलाई अझ मजबुत बनाएको छ।

श्रेष्ठले फेल हुने विद्यार्थीहरूलाई पनि पुन: प्रयास गर्न र मेहनत गर्न आग्रह गरेकी छन्।

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।