काठमाडौँ। नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) का महासचिव प्रदीप अर्यालले अन्तर्राष्ट्रिय मान्यताअनुसार चार्टर्ड एकाउण्टेन्सीलाई स्नातकोत्तर सरहको उच्च बौद्धिक योग्यता मानिने भएपनि संशोधित नियमावलीमा सहायक योग्यताका रूपमा सीमित गरिएको गुनासो गरेका छन्। फागुन ५ गते मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो गुनासो व्यक्त गरेका हुन्।
उनले सिएलाई स्नातक वा स्नातकोत्तरभन्दा तल्लो श्रेणीमा वर्गीकरण गर्नु निन्दनीय र अव्यवहारिक भएको भन्दै तत्काल सच्याउन समेत सरकारको ध्यानाकर्षण गराएका छन् । उनले राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका पदका लागि सिए उत्तिर्ण जनशक्तिलाई पुन: अन्य विषयमा स्नातक वा स्नातकोत्तर गर्नुपर्ने बाध्यात्मक व्यवस्था नियमावलीमा गरिएको भन्दै तत्काल संशोधन गर्न समेत माग गरे ।
चार्टर्ड एकाउण्टेन्सी परीक्षा उत्तिर्ण गरेका सदस्यहरूलाई सम्बन्धित पदमा स्वत: योग्य मानिने व्यवस्था गर्न नियमावली तुरुन्त संशोधन गर्न पनि उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्