काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले कानुनमै सिएको अवमूल्यन गरिएको भन्दै आपत्ती जनाएको छ। फागुन ५ गते अर्थात् मंगलबार एक्यानको कार्यलयमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले यस्तो आपत्ती जनाएको हो।
एक्यानले नेपाल सरकारद्वारा जारी गरिएको ‘नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (सातौँ संशोधन) नियमहरू, २०८२’ मा चार्टर्ड एकाउन्टेन्ट (सिए) को योग्यता र गरिमालाई अवमूल्यन गरेकोमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।
कार्यक्रममा एक्यानका अध्यक्ष सिए अनुप नेपाल, महासचिव प्रदिप अर्याल, कोषाध्यक्ष सविन कार्की, महिलातर्फ कार्य समिति सदस्य सजना मैनाली तथा अन्य सिएहरूको उपस्थिति रहेको थियो।
सिएको योग्यता र गरिमालाई अवमूल्यन गरेको भन्दै कार्यक्रममा सम्पूर्ण सिएहरूले घोर भर्त्सना भएको बताएका थिए।
संघले अन्तर्राष्ट्रिय मान्यता अनुरूप चार्टर्ड एकाउन्टेन्सीलाई स्नातकोत्तर सरहको उच्च बौद्धिक योग्यता मानिन्छ। तर, संशोधित नियमावलीमा सहायक योग्यतामा सीमित राख्दै स्नातक वा स्नातकोत्तरभन्दा तल्लो तहमा वर्गीकरण गरिएको भन्दै संघले यसलाई निन्दनीय र अव्यावहारिक भनेको छ।
राजपत्रांकित द्वितीय तथा तृतीय श्रेणीका पदका लागि सिए उत्तीर्ण जनशक्तिले पुन: अन्य विषयमा स्नातक वा स्नातकोत्तर गर्नुपर्ने व्यवस्था विभेदकारी भएको संघले जनाएको छ। हेर्नुहोस् पत्रकार सम्मेलनका खास झलक:


प्रतिक्रिया दिनुहोस्