काठमाडौँ । भारतीय बोर्डबाट सिए पास गरेकाहरु नेपालमा परीक्षा दिएर नेपालमै काम गर्ने भन्दा पनि विशेषगरी दुबई लगायतका ठाउँमा पलायन हुन थालेपछि आइक्यानले सिए सदस्यता परीक्षा दुबईमा नै लिने व्यवस्था गरेको छ । आइक्यानले एक सूचना निकाल्दै दुबईमै परीक्षा लिने तयारी गरेको हो ।
यो विषय एक्यानको चुनावमा पटक पटक उठ्ने गरेको थियो । कतिपयले आइक्यानलाई यस्तो व्यवस्था गराउन पहल गर्ने भन्दै भोट मागेका थिए । अन्तत: आइक्यानले दुबईमा यो परीक्षा लिने निर्णय गरेको छ । आइक्यानले सिए सदस्यता परीक्षालाई पछिल्लो समय नेपाली विद्यार्थीले दिने नियमित परीक्षालाई भन्दा विशेष चासो दिईरहेको छ । दुबईको हकमा पनि सिए सदस्यता परीक्षा लिने आइक्यानले दुबईमा रहेका तर सिएको परिक्षा दिन चाहानेहरुका लागि कुनै पनि व्यवस्था गरेको छैन ।
जबकी भारत लगायतका अन्य देशहरुले ओभरसिज सेन्टर भन्दै विदेशबाट पनि परीक्षा दिन मिल्ने व्यवस्था गराईरहेका छन् । आइक्यानले सिए सदस्यता परीक्षा निकै सजिलो पनि बनाउने तयारी गरेको छ । मल्टीपल च्वाइस प्रश्नमात्र सोधेर आइक्यानले परीक्षा सजिलो बनाउन लागेको हो ।
यसको सबै तयारी सकिएको छ भने यसको विरोध गरिरहेका विद्यार्थीहरुको विरोध तुहाउने काम केहि बाँकी रहेको आइक्यानका अधिकारीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्