Skip to content

एक्यानले ‘जेनेरेटिभ एआई’ सम्बधी २ दिने तालिम दिँदै

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले ‘आधुनिक वित्त पेशेवरहरूको लागि जेनेरेटिभ एआई’ सम्बधी २ दिने तालिम आयोजना गर्ने भएको छ। एक्यानले एक सूचना जारी गर्दै माघ ८ र ९ गते होटल प्लाजा सानेपा ललितपुरमा आयोजना गर्न लागेको जनाएको छ।

एक्यानले भारतबाट विशेषज्ञ स्रोत व्यक्तिहरूलाई ल्याएर एआईले वित्त पेशालाई कसरी रूपान्तरण गरिरहेको छ र वित्त नेताहरू र अभ्यासकर्ताहरूलाई उनीहरूको काममा एआई बुझ्न, अपनाउन र रणनीतिक रूपमा लागू गर्न मद्दत गर्न डिजाइन गरिएको क्षेत्रीय र विश्वव्यापी उत्कृष्ट अभ्यासहरू तालिममा साझा गर्ने जनाएको छ।

तालिममा प्यानललिस्ट एआइ ट्रेनर सिए सुमित बिहानी र सिए अंकित जालन रहेका छन्। यो हेर्नुहोस्:

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।