काठमाडौँ। सिन्धु विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामुसिइओमा) चार्टर्ड एकाउण्टेन्ट (सिए) गणेश कुमार केसी नियुक्त भएका छन्। बैंकको नायब प्रमुख कार्यकारी रहेका सिए केसी कामु सिइओमा नियुक्त भएका हुन्।
बैंकको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकको किसीलाई उक्त पदमा केसी नियुक्त गर्ने निर्णय गरेको हो। केसीलाई माघ १ गतेदेखि लागूहुने गरी कामु सिइओमा नियुक्त गरिएको हो।
उनीसँग विभिन्न बैंक तथा वित्तिय संस्थामा करिब २० वर्ष भन्दा बढीको कार्य अनुभवको साथसाथै मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा कुमारी बैंक लि.को आन्तरिक लेखा परिक्षण विभागमा विभागीय प्रमुखको समेत कार्य गरेको अनुभव छ । आगामी दिनमा उनको योग्यता तथा कार्य अनुभवले बैंकलाई अझ प्रगति तथा उच्च स्थानमा पुर्याउने अपेक्षा लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्