Skip to content

सिए सदस्यता परीक्षामा मल्टीपल च्वाइस प्रश्न राखेकोमा आइक्यानका सिए विद्यार्थीको विरोध !

काठमाडौँ । आइक्यानले सिए सदस्यता परीक्षालाई सहज बनाउने बदनियत राखेर मल्टीपल च्वाइस प्रश्न राखेको भन्दै सिए विद्यार्थीहरुले विरोध गरेका छन् । आजमात्रै आइक्यान परिसरमा पुगेर विद्यार्थीहरुले यसमा विरोध जनाएका हुन् ।

विद्यार्थीहरु विहानै आइक्यान पुगेर सिए मेम्बरशिप परीक्षामा मल्टीपल च्वाइस प्रश्न राख्ने भए सिए फाइनलमा पनि मल्टीपल च्वाइस प्रश्न राख्न माग गर्दै विरोध गरेका थिए । विद्यार्थीहरुले सिए सदस्यता परीक्षालाई सहज बनाउन लागिएको विषयमा काउन्सिल सदस्यहरुको नियत मै शंका रहेको बताएका थिए ।

विहानै आइक्यान पुगेका सिए विद्यार्थीहरुलाई आइक्यानका केहि काउन्सिल सदस्यहरुले सम्झाउन खोजेका थिए । तर विद्यार्थीका हरेक हकहितका कुरालाई छोडेर जसरी पनि सिए सदस्यता परीक्षालाई सहज बनाउनेगरी ‘लजिक’ दिन थालेपछि सिए विद्यार्थीहरु बिच्किएका थिए ।

सिएको सदस्यता परीक्षामा एक विद्यार्थी १९ पटकसम्म फेल भएको भन्दै आइक्यानका केहि काउन्सिल सदस्यहरुको पहलमा एक टास्क फोर्स बनाइएको थियो भने सो टास्क फोर्सले मल्टीपल च्वाइस प्रश्न राखेर सिए सदस्यता परीक्षा गर्न सिफारिस गरिसकेको छ । अव परीक्षा समितिमा गएर सो प्रस्ताव पास हुनेछ । त्यसपछि अर्को परीक्षादेखि सिए सदस्यता परीक्षामा मल्टीपल च्वाइस प्रश्न सोधिनेछ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।