काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले सिए योग्यता र विश्वविद्यालय मान्यता सम्बन्धी विषयमा छलफल गरेको छ। माघ ४ गते विश्वविद्यालय अनुदान आयोग (युजीसी)का अध्यक्ष डा. देवराज अधिकारीसँग चार्टर्ड एकाउन्टेन्सी (सिए) योग्यता र विश्वविद्यालय मान्यता सम्बन्धी विषयमा छलफल गरेको हो।
छलफल कार्यक्रममा आईक्यानका अध्यक्ष सिए नीलबहादुर सारु मगर, उपाध्यक्ष सिए आनन्द राज शर्मा वाग्ले, सदस्य सिए रमेश धिताल, निर्देशक विनोद न्यौपाने र निर्देशक सिए किरण खत्रीको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्