काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ‘कार्यस्थलको मर्यादा र आचरण’ सम्बन्धी जागरूकता कार्यक्रम आयोजना गर्न लागेको छ। आइक्यानले एक्यान, अडान र एनसिएएसए सँगको समन्वयमा ‘कार्यस्थलको मर्यादा र आचरण’ सम्बन्धी जागरूकता कार्यक्रम २०८२ साल पुस ४ गते (डिसेम्बर १९, २०२५) मा गर्न लागेको हो।
कार्यक्रम आइक्यान परिसरमा बिहान १०:३० बजेदेखि दिउँसो २:३० बजेसम्म सञ्चालन हुने भएको छ। सबै सदस्यहरू, लेख प्रशिक्षार्थीहरू, एसिसिए प्रशिक्षार्थीहरू र कर्मचारीहरूलाई कार्यक्रममा भाग लिन आइक्यानले प्रोत्साहित गरेको छ।
अर्थपूर्ण संवाद, सिकाइ र कार्यका लागि सम्बन्धित विषयहरूमा प्राविधिक छलफलहरू र त्यसपछि कार्यपत्र प्रस्तुतीकरण र प्राविधिक विशेषज्ञहरू र पेशेवरहरूबाट प्यानल छलफल हुने आइक्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्