Skip to content

एक्यान कास्कीको नवनिर्वाचित समितिको शपथ कार्यक्रम सम्पन्न

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) कास्कीको नवनिर्वाचित समितिको शपथ कार्यक्रम सम्पन्न भएको छ । पोखरामा आयोजित एक कार्यक्रमकाबीच नवनिर्वाचित समितिको शपथ भएको हो।

एक्यानका केन्द्रीय अध्यक्ष अनुप नेपाल, उपाध्यक्ष अनिल लामिछाने र महासचिव प्रदीप अर्यालले कास्की शाखाको नवगठित कार्यसमितिलाई शपथ गराए । एक्यान कास्कीको हालै सम्पन्न अधिवेशनले दीपक भुर्तेलको अध्यक्षतामा नौ सदस्सीय समिति सर्वसम्मत चयन गरेको थियो । उपाध्यक्षमा सागर आचार्य, सचिव प्रकाश पौडेल र कोषाध्यक्ष सरोज पराजुली रहेका छन् ।

यता सदस्यमा आशिस विक्रम शाही, दीपक पाण्डे, सिमा रिजाल, श्रीकृष्ण रेग्मी र सुरज बस्नेत रहेका छन्। एक्यानले सामाजिक सुरक्षा कोषसँगको सहकार्यमा सामाजिक सुरक्षा कार्यक्रमका बारेमा आफ्ना सदस्यहरुकाबीचमा छलफल तथा अन्तरक्रिया गरेको छ ।

एक्यानका केन्द्रीय अध्यक्ष अनुप नेपालले केन्द्रमा मात्र नभई प्रदेश र जिल्ला जिल्लामा एक्यानका गतिविधिलाई सक्रिय बनाउने बताउए । ‘संस्थाको हितमा लाग्ने छौँ । अझ राम्रो र दरिलो संस्था बनाउने योजना छ ।’ नेपालले भने ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि सबै रोजगारदाताहरुलाई प्रोत्साहित गर्न एक्यानका सदस्यहरुको समेत भूमिका हुने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।