काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले उम्मेदवारी दर्ता शुल्क निर्धारण गरेको छ। एक्यानको केन्द्रीय कार्यसमितिको बैठकले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता शुल्क निर्धारण गरेको हो। उक्त निर्णय संघको ३६औँ कार्यसमिति निर्वाचन प्रक्रिया अन्तर्गत गरिएको हो।
जसअनुसार जिल्ला कार्यसमिति उम्मेदवारी दर्तामा सभापतिका लागि १०,०००, उपसभापतिका लागि ६,०००, सचिव ६,०००, कोषाध्यक्ष ४,००० र सदस्यका लागि ३,००० निर्धारण गरिएको छ।
त्यस्तै, प्रदेश कार्यसमिति उम्मेदवारी दर्तामा प्रदेश प्रमुखका लागि २५,०००, सचिव १५,०००, कोषाध्यक्ष १० हजार र सदस्यका लागि ६,००० तोकिएको छ भने केन्द्रीय कार्यसमितिको पद शुल्क अध्यक्षका लागि ५०,०००, उपाध्यक्षका लागि ४०,०००, महासचिव ३०,०००, कोषाध्यक्ष २५ हजार र सदस्यका लागि २०,००० निर्धारण गरिएको छ।
संघले निर्वाचन प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन यी शुल्कहरू निर्धारण गरेको जनाएको छ। उम्मेदवारी दर्ता गर्ने संस्था, तह र पद अनुसार उचित शुल्क बुझाउने व्यवस्था गरिएको छ। यसले संघको निर्वाचन प्रणालीलाई थप कुमन्याइएको र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्