काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले एक दिने सेमिनार कार्यक्रम सम्पन्न गरेको छ । एक्यानले ‘सार्वजनिक खरिदको जटिलता बुझाइ’ शीर्षकको एक दिने सेमिनार साउन २९ गते होटल मल्ल काठमाडौँमा सम्पन्न गरेको हो।
यो कार्यक्रम सार्वजनिक खरिदको विकसित परिदृश्यमा गहिरो अन्तर्दृष्टि प्रदान गर्न डिजाइन गरिएको थियो। जसमा कानुनी ढाँचा, पारदर्शिता आवश्यकताहरू, टेन्डर प्रक्रियाहरू, जोखिम व्यवस्थापन र नियामक मापदण्डहरूको अनुपालन समावेश रहेको थियो। सेमीनारको की नोट स्पिकर (key note speaker ) सुभास चन्द्र सिवाकोटी, प्यानलिस्ट सीए चन्द्रकान्त भण्डारी, भीम खतिवडा र मोडरेटर सीए आकृति केसी रहेकी थिए।
उक्त सेमिनारमा एक्यानले आइक्यानका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष र नवनियुक्त कार्यकारी निर्देशकलाई बधाई समेत दिएको थियो। तस्विरमा हेर्नुहोस् कार्यक्रमका खास झलक:















			
		
									
									
									
									
									
									
								
								
								
		
		
		
प्रतिक्रिया दिनुहोस्