Skip to content

सीए अनुप शर्माको कम्पनीले पायो ६० लाख थप लगानी, सौरभ र क्याबिनेट बने पार्टनर

काठमाडौँ। सीए अनुप शर्माको कम्पनी सबरत एग्रो फार्म प्राइभेट लिमिटेडले ६० लाख थप लगानी पाएको छ। शार्क ट्याङ्क नेपालमा सबरत एग्रो फार्म कम्पनीका सह-संस्थापकहरू नितेश कटुवाल र अनुप शर्माले शार्क क्याबिनेट र सौरभबाट २० प्रतिशत इक्विटीको लागि ६० लाख पाएका हुन्।

उनीहरूले शार्क ट्याङ्क नेपालमा १० प्रतिशत इक्विटीको लागि ६० लाख मागेका थिए। सार्क ट्याङक नेपालमा ६० लाख लगानी पाएपछि सीए अनुप शर्मालाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले सबरत एग्रो फार्म प्राइभेट लिमिटेडलाई बधाई दिएको छ। एक्यानले एक सूचना जारी गर्दै सबरत एग्रो फार्म प्राइभेट लिमिटेडलाई बधाई दिएको हो।

शार्क ट्याङ्क नेपालमा उल्लेखनीय सम्झौता सफलतापूर्वक हासिल गरेकोमा सबरत एग्रो फार्म प्राइभेट लिमिटेडका संस्थापक सिए अनुप शर्मा र नितेश कटुवाललाई बधाई दिएको छ।

एक्यानले व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउँदै निरन्तर सफलताको कामना समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।