काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को ३६औँ कार्यकारी समिति निर्वाचन असोज ३ गते संचालन हुने भएको छ। संघको ३६औँ कार्यकारी समिति निर्वाचन १९ सेप्टेम्बर २०२५ (३ अस्विन २०८२) मा संचालन हुने निर्णय कार्यकारी समिति बैठकबाट पारित भएको हो।
निर्वाचनसम्बन्धी विस्तृत जानकारी जस्तै स्थल र अन्य विवरणहरू छिट्टै राष्ट्रिय समाचारपत्रहरूमा प्रकाशित गरिने एक्यानले जनाएको छ।
यता संघले वर्तमान सदस्यहरूलाई आफ्नो सदस्यता आधिकारिक रूपमा नवीकरण गर्न र अझै सदस्यता नलिएका योग्यता प्राप्त चार्टर्ड एकाउन्टेन्टहरूलाई शीघ्र सदस्सता दर्ता गरेर संघको सदस्य बन्न आग्रह समेत गरेको छ। आगामी निर्वाचनमा सहभागी हुनको लागि सरकारद्वारा जारी गरिएको परिचयपत्रसँगै एक्यानको वेबसाइट https://portal.acan.org.npबाट डाउनलोड गर्न सकिने सदस्यता कार्ड पनि अनिवार्य रूपमा बोकेको हुनुपर्दछ।
एक्यानले सबै सदस्यहरूलाई ७ भदौ २०८२ भित्र आफ्नो प्रोफाइल अपडेट गरी सदस्यता कार्ड डाउनलोड गर्न विनम्रतापूर्वक अनुरोध गरेको छ । सूचनासहित:


प्रतिक्रिया दिनुहोस्