काठमाडौँ। नेपाल अडिटर्स एशोसिएसन (अडान) ले २० औं स्थापना दिवस ‘अडान डे कार्यक्रम २०८२’ मनाएको छ। अडानले २०औं स्थापना दिवस देशभर ‘अडान डे’ सप्ताहव्यापी रूपमा मनाउँदै, राज्यको आर्थिक क्षेत्रका समस्या तथा चुनौती र लेखाव्यवसायीका मुद्दामा केन्द्रित गोष्ठी, अन्तरक्रिया, सामाजिक सहयोगजस्ता कार्यक्रमहरू सम्पन्न गरेको हो।
यस अवसरमा २०८२ श्रावण २० गते नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा भव्य कार्यक्रम आयोजना भई,पहिलो सत्रमा कार्यपत्र प्रस्तुति र दोस्रो सत्रमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री, महालेखापरीक्षक, उद्योगवाणिज्य क्षेत्रका शीर्ष व्यक्तित्व, आइक्यानका अध्यक्ष, अडानका अध्यक्ष, पूर्व अध्यक्ष, केन्द्र, प्रदेश तथा जिल्लाका पदाधिकारी तथा सदस्यहरु लगायत विशिष्ट अतिथिहरूको विशेष उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा लेखापरीक्षक, लेखाव्यावसायी, कर्पोरेट लेखापाल, प्रोफेशनल एकाउन्टेन्टस लगायत लेखाक्षेत्रसँग सम्बन्धित ९०० भन्दा बढीको सहभागिता थियो।
प्रतिक्रिया दिनुहोस्