काठमाडौँ। सिए सरोकारको समाचारपछि आइक्यानले अडिटको विज्ञापन गर्न नपाइने सूचना सार्वजनिक गरको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले साउन २० गते एक सूचना जारी गर्दै अडिटको विज्ञापन गर्न नपाइने सूचना सार्वजनिक गरको हो।
हालै विभिन्न संचार मध्यम, सामाजिक संजाल तथा होर्डिङ बोर्डहरूमा गैर लेखाव्यवसायी व्यक्ति फर्म तथा कम्पनीहरूले लेखापरीक्षण सेवाको विज्ञापन प्रकाशित गर्ने गरेको सामाजिक संजालमा आएको सामग्रीप्रति आइक्यानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संस्थाले लेखापरीक्षण सेवाको विज्ञापन गर्न नपाइने सम्बन्धमा सम्बद्ध सम्पूर्णको लागि ध्यानाकर्षण सहित सूचना जारी गरेको छ।
साथै, कानुन विपरीत कसैले व्यक्ति फर्म तथा कम्पनीहरूले लेखापरीक्षण सेवाको विज्ञापन प्रकाशित गरे कारवाही हुने आक्यानले सूचना मार्फत जानकारी गराएको छ। सूचनासहित:
प्रतिक्रिया दिनुहोस्