काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकको नाफा बढेको छ। चार्टर्ड एकाउन्टेन्ट सुयोग श्रेष्ठले नेतृत्व गरेको सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६.५१ प्रतिशतले बढेको हो।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने बैंकले ५० करोड ४२ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १.३६ प्रतिशतले घटेको छ भने कुल सञ्चालन आम्दानी ३.३९ प्रतिशतले बढेर २ अर्ब २७ करोड २० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि ०.०४ रुपैयाँले बढेर १५.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.७१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०.६५ गुणा रहेको छ ।
यता बैंकको खराब कर्जा ३.९३ प्रतिशतबाट बढेर ५.६४ प्रतिशत पुगेको छ भने चुक्ता पुँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ रहेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।
प्रतिक्रिया दिनुहोस्