Skip to content

आइक्यानको चुनावमा हराएका पार्षद अधिकारी उपाध्यक्षको सपथ ग्रहण कार्यक्रममा पनि अनुपस्थित !

काठमाडौँ । आइक्यानको चुनावमा अनुपस्थित भएका पार्षद ठाकुर प्रसार अधिकारी आइक्यानको उपाध्यक्षको सपथ ग्रहण कार्यक्रममा पनि अनुपस्थित भएको पाइएको छ । शुक्रबार काठमाडौँस्थित होटल र्याडीसनमा भएको कार्यक्रममा पनि उनी अनुपस्थित भएका हुन् ।

कार्यक्रममा उनको ब्यग्र खोजी भएको थियो । कतिपयले उनको नैतिकतामाथि नै प्रश्न उठाउँदै कार्यक्रम परिसरमै पनि बहस गरेका थिए । एक जना सिएले त्यहींबाट उनलाई फोन गर्दासमेत उनी सम्पर्कमा आएका थिएनन् ।

अन्य काउन्सिल सदस्यहरु भने सो दिन दौरा सुरुवालमा सजिएर उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।