Skip to content

आइक्यानद्वारा आन्तरिक लेखापरीक्षण निर्देशिका र सूचना प्रणाली लेखापरीक्षण निर्देशिका प्रकाशित

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आन्तरिक लेखा परीक्षा म्यानुअल २०२५ र सूचना प्रणाली लेखा परीक्षा म्यानुअल २०२५ प्रकाशित गरेको छ। १३ मे २०२५ मा बसेको आइक्यानको ३४७औँ परिषद्को निर्णयअनुसार आन्तरिक लेखा परीक्षा म्यानुअल २०२५ र सूचना प्रणाली लेखा परीक्षा म्यानुअल २०२५ प्रकाशित भएको हो।

म्यानुअलहरू सदस्य तथा सरोकारवालाहरूका लागि मार्गनिर्देशनका रूपमा तयार पारिएका छन्। जसले आन्तरिक लेखा परीक्षा र सूचना प्रणाली लेखा परीक्षा अभ्यासमा स्तरीयता, निरन्तरता र एकरूपता ल्याउने उद्देश्य राख्ने आइक्यानले जनाएको छ। म्यानुअलहरूको सफ्टकपी आइक्यानको वेबसाइटमा Laws-Legislation सेक्सनअन्तर्गत उपलब्ध छ, जसमा आन्तरिक लेखा परीक्षा म्यानुअल र सूचना प्रणाली लेखा परीक्षा म्यानुअल प्रत्यक्ष डाउनलोडका लागि लिंक मार्फत सजिलै पढ्न सकिन्छ।

साथै, प्रिन्ट कपी चाहिने सदस्यहरूले आइक्यानको मुख्य कार्यालय (सत्तदबाटो, ललितपुर) मा गएर पनि प्राप्त गर्न सक्ने आइक्यानले जनाएको छ। सूचनासहित:

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।