Skip to content

एक्यानले आर्थिक विधेयक २०८२ को प्रभावबारे विज्ञ प्यानल छलफल गर्दै 

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले हालै प्रस्तावित वित्त विधेयक २०८२ को विभिन्न क्षेत्रहरूमा पार्ने प्रभावबारे गहिरो छलफलका लागि एक विशेष विज्ञ प्यानल छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम ८ जुन २०२५ का दिन होटल हिमालयन, कुपण्डोलमा अपराह्न ४:०० बजेबाट साँझ ७:०० बजेसम्म सञ्चालन हुने भएको हो ।

‘वित्त विधेयक २०८२ का विभिन्न क्षेत्रहरूमा प्रभाव’ विषयमा केन्द्रित यस छलफल कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरू सहभागी हुने एक्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।