Skip to content

सम्पदा लघुवित्तका अध्यक्ष सिए प्रदिप सिग्देल सम्मानित

काठमाडौँ। सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सिए प्रदिप सिग्देल सम्मानित भएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को विशेष साधारणसभामा उनी सम्मानित भएका हुन्।

काठमाडौँस्थित ‘ग्लोबल कलेज अफ म्यानेजमेन्ट’ मा वैशाख २६ गते (शुक्रबार) एक्यानले उनलाई सम्मान गरेको हो। लघुवित्त क्षेत्रमा ठुलो योगदान पुराएको भन्दै उनलाई एक्यानले सम्मान गरेको हो।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका सिग्देल हालै अध्यक्षमा नियुक्त भएका हुन्। उनी अध्यक्षमा नियुक्त भएसँगै संस्थाले गति लिने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।