Skip to content

सिटिजन्स सेयर ब्रोकरका सीईओ सिए मनिष अर्याल सम्मानित

काठमाडौँ। सिटिजन्स सेयर ब्रोकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  मनिष अर्याललाई एक्यानले सम्मान गरेको छ ।  सेयर बजारमा ठुलो योगदान पुराएको भन्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले अर्याललाई सम्मान गरेको हो।

उनी एक्यानको विशेष साधारणसभामा सम्मानित भएका हुन्। अर्याल नेपालका एक प्रमुख चार्टर्ड एकाउन्टेन्ट (सीए) र सेयर बजारका विश्लेषक हुन्। हाल उनले सीबीआईएल सेक्युरिटिज लिमिटेडको सीईओको रूपमा कार्य गर्दै आएका छन्।

यसअघि उनले जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षको रूपमा पनि सेवा गरेका थिए। उनको सेयर बजारमा लामो अनुभव र वित्तीय क्षेत्रमा गहिरो ज्ञानले उनलाई एक सम्मानित वित्तीय विशेषज्ञको रूपमा स्थापित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

स्रोत खुलाइएका बाहेक सिए सरोकार डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् । कुनै पनि खालको पुन: प्रकाशन / प्रशारण बर्जित छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।