Skip to content

चार्टर्ड अकाउन्टेन्टहरूलाई नाडेप लघुवित्तमा सिइओ बन्ने अवसर (सूचनासहित)

काठमाडौँ। नाडेप लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। लघुवित्तले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरको हो।

चार्टर्ड अकाउन्टेन्ट वा व्यवस्थापन, बैंकिङ, वित्त, अर्थशास्त्र, वाणिज्य, लेखा, तथ्यांक, गणितमध्ये कुनै विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उपाधि हासिल गरेकाले पनि आवेदन दिन मिल्ने लघुवित्तले जनाएको छ।

 बैंकिङ वा वित्तीय क्षेत्रमा कम्तीमा १० वर्षको काम गरेको हुनुपर्नेछ। ३५ वर्षदेखि ६० वर्षसम्मका व्यक्तिले सीईओ पदमा आवेदन दिन सक्नेछन्।

इच्छुक उम्मेदवारले बायोडाटा इमेलमार्फत पठाउन सक्नेछन्। आवेदन ७ दिनभित्र बुझाउनुपर्ने लघुवित्तले जनाएको छ। सूचनासहित:

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।