काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले सञ्चालन गरेको १५ दिने एडभान्स्ड म्यानेजमेन्ट एन्ड कम्युनिकेसन स्किल्स (एएमसीएस) तालिम सम्पन्न भएको छ। आइक्यानले सञ्चालन गरेको १५ दिने एएमसीएस तालिम, प्रमाणपत्र वितरण तथा समापन समारोहसहित सम्पन्न भएको हो ।
तालिममा सहभागीहरूलाई नेतृत्व, व्यवस्थापन, सञ्चार तथा व्यावसायिक प्रभावकारिता अभिवृद्धिका विषयमा प्रशिक्षण दिइएको थियो।
समापन सत्रमा बैंकर अनिल केशरी शाहले सहभागीहरूलाई प्रभावकारी नेतृत्व तथा व्यवस्थापनसम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए। तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै आइक्यानले कार्यक्रम समापन गरेको हो।




प्रतिक्रिया दिनुहोस्