काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले जुन २०२६ मा सञ्चालन गरेको चार्टर्ड एकाउन्टेन्सी (सीए) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आईक्यानले एक सूचना जारी गर्दै क्याप १, क्याप २ र क्याप ३ परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
आईक्यानका अनुसार फाउन्डेसन तहमा ५२८ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। त्यस्तै, क्याप १ तहमा ४२ जना, क्याप २ को दुवै समूहमा १४२ जना, पहिलो समूहमा २७२ जना र दोस्रो समूहमा १९६ जना उत्तीर्ण भएका छन्।
यसैगरी, क्याप ३ को दुवै समूहमा ५३ जना, पहिलो समूहमा १३५ जना र दोस्रो समूहमा २७१ जना परीक्षार्थी उत्तीर्ण भएको आईक्यानले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ।
परीक्षामा सहभागी परीक्षार्थीमध्ये फाउन्डेसन तहमा ६१.६१ प्रतिशत, क्याप १ मा १८.७५ प्रतिशत, क्याप २ मा १९.४३ प्रतिशत र क्याप ३ मा २२.८५ प्रतिशत उत्तीर्ण भएका छन्। हेर्नुहोस् आइक्यानले सार्वजनिक गरेको परीक्षाको परीक्षाफल: 



प्रतिक्रिया दिनुहोस्