Skip to content

सिए सौरभ सुबेदी ‘४० अन्डर ४०’ मा छनोट

काठमाडौँ। चार्टर्ड अकाउन्टेन्ट सौरभ सुबेदी ‘४० अन्डर ४०’ सूचीमा छनोट भएका छन्। सिए सौरभ सुबेदी अनलाइनखबरको ‘४० अन्डर ४०’ सूचीमा छनोट भएका हुन्।

नेतृत्व, नवप्रवर्तन तथा उद्यमशीलताको क्षेत्रमा पुर्‍याएको योगदानको कदर  स्वरूप सुबेदीलाई २०८३ सालका लागि ‘४० अन्डर ४०’ नेतृत्वकर्तामध्ये एकका रूपमा मान्यता दिइएको हो।

सुबेदीको यो उपलब्धिप्रति एक्यानले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।

संघले उनको यात्रा लेखा तथा संख्याको परिधिभन्दा बाहिर पनि उत्कृष्टता हासिल गर्ने प्रेरणादायी उदाहरण भएको उल्लेख गरेको छ।

संघले सुबेदीको नेतृत्व, नवप्रवर्तन र उद्यमशीलताप्रतिको प्रतिबद्धताले नयाँ पुस्ताका लागि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा थप सफलता र उपलब्धिका लागि शुभकामना दिएको छ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।