Skip to content

चार्टर्ड एकाउण्टेन्ट गणेश कुमार केसी सिन्धु विकास बैंकको सिइओमा नियुक्त

काठमाडौँ। चार्टर्ड एकाउण्टेन्ट गणेश कुमार केसी सिन्धु विकास बैंकको सिइओमा नियुक्त भएका छन्। जेठ ११ गतेदेखि लागू हुने गरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गणेश कुमार केसी नियुक्त भएका हुन् ।

आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सिओमा नियुक्त गर्ने निर्णय गरेको हो । केसीको कार्यकाल ४ वर्षको हुनेछ ।

उनीसँग विभिन्न बैंक तथा वित्तिय संस्थामा करिब २० वर्ष भन्दा बढीको कार्य अनुभवको साथसाथै मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा कुमारी बैंकको आन्तरिक लेखा परिक्षण विभागमा विभागीय प्रमुखको समेत कार्य गरेको अनुभव छ ।

आगामी दिनमा उनको योग्यता तथा कार्य अनुभवले बैंकलाई अझ प्रगति तथा उच्च स्थानमा पुर्याउने अपेक्षा लिएको बैंकले जनाएको छ ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।