Skip to content

सिए सरोकारले प्लस टु सकेका ३ जनालाई नि:शुल्क सिएको पहिलो र दोश्रो तह पढाउने

काठमाडौँ । नेपाली सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल पत्रिका सिए सरोकार डटकमले ३ जनालाई नि:शुल्क सिएको पहिलो र दोश्रो तह पढाउने भएको छ । आफ्नो कर्पोरेट सोसल रेस्पोन्सबिलीटी कार्यक्रम अन्तर्गत सिए सरोकारले ३ जनालाई निशुल्क क्याप १ र क्याप टु अध्ययन गराउने भएको हो ।

सिए सरोकार डटकमका प्रमुख सुरज प्याकुरेलका अनुसार बार्षिक ३ जनालाई सिएको पहिलो र दोश्रो तह अध्ययन गराईनेछ । यसमा कोचिङ्ग सेन्टरको फी, र आइक्यानको फी पनि समावेश हुनेछ ।

‘सिए सरोकार छात्रवृति कार्यक्रममा हामीले बार्षिक ३ जनालाई पूर्ण छात्रवृतिमा सिएको पढाई गराउने तयारी गरेका छौँ ।’ सिए सरोकार प्रमुख प्याकुरेलले भने -‘प्लस टु सकेका विद्यार्थीहरुले अनलाइनमार्फत आवेदन दिनेछन् । सो आवेदनउपर हाम्रो जुरी टिमले आवश्यक अध्ययन गरी ३ जनाको नाम सार्वजनिक गर्नुहुनेछ । उहाँहरुलाई सिएको पहिलो र दोश्रो तह नि:शुल्क अध्ययन गर्ने व्यवस्था गराउने तयारी गरेका छौं ।’

यसको औपचारिक घोषणा साउन १ गते हुने प्याकुरेलले बताए । ‘हामी सिए सरोकार नयाँ स्वरुप र योजनासहित साउन १ गतेदेखि पुन: प्रकाशनको तयारीमा छौँ । यहि दिन हामी छात्रवृति कार्यक्रमको घोषणा गर्नेछौँ ।’ प्याकुरेलले भने ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।