काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले अभ्यासरत चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई आफ्ना विवरण समयमै प्रस्तुत गर्न निर्देशन दिएको छ । आइक्यानले एक सूचना जारी गर्दै अभ्यासरत चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूले आर्टिकल्ड ट्रेनि, अकाउन्टिङ ट्रेनि तथा चार्टर्ड इन्टर्नका विवरण समयमै प्रस्तुत गर्नुपर्ने स्पष्ट निर्देश दिएको हो ।
आर्टिकल्ड ट्रेनि (अनुबन्धिकृत प्रशिक्षार्थी) ले हरेक ६ महिनामा परिशिष्ट २० प्रस्तुत गर्नुपर्नेछ, जुन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स नियमावली, २०६१ (दोस्रो संशोधन २०७८) को नियम ३२ (२) अन्तर्गत पर्नेछ।
साथै, अकाउन्टिङ ट्रेनि (लेखा प्रशिक्षार्थ) ले परिशिष्ट ११ हरेक ६ महिनामा बुझाउनु पर्नेछ, जुन एटी बाइ-लस, २०६७ को धारा ३२ (२) अनुरुप छ।
यता चार्टर्ड इन्टर्नले परिशिष्ट ६ र ७ हरेक ३ महिनामा पेश गर्नुपर्ने छ, जुन एक वर्षे इन्टर्नशिप प्रक्रिया, २०७१ (तेस्रो संशोधन २०८०) को धारा ८ (२) बमोजिम छ।
सूचनासहित:
प्रतिक्रिया दिनुहोस्