काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले ‘नेभिगेटिङ ईसीएल: नेपाली वित्तीय संस्था र सहकारीका लागि व्यावहारिक कार्यान्वयन’ शीर्षकमा सेमिनार आयोजना गर्ने भएको छ। एक्यानले दुई दिने आवासीय सेमिनार आयोजना गर्ने भएको हो ।
यहि असार १२ र १३ गते सो सेमिनार आयोजना हुने भएको हो। कार्यक्रममा अपेक्षित क्रेडिट हानि (इसीएल) सम्बन्धी कार्यान्वयनमा देखिने व्यावहारिक चुनौतीहरू र समाधानहरूबारे जानकारी दिइने संघले जनाएको छ।
सेमिनारमा चार्टर्ड एकाउन्टेन्ट विदुर लुइटेल स्रोत व्यक्तिका रुपमा रहने छन् भने सहभागीकाका लागि ९८४–७३०००३४ कल गर्न सकिने संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्