Skip to content

वित्तीय क्षेत्रमा ठुलो योगदान पुराएको भन्दै राष्ट्र बैंकका पूर्व गभर्नर सम्मानित

काठमाडौँ। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी सम्मानित भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को विशेष साधारणसभामा पूर्व गभर्नर सिए महाप्रसाद अधिकारी सम्मानित भएका हुन् ।

वित्तीय क्षेत्रमा ठुलो योगदान पुराएको भन्दै उनलाई एक्यानले सम्मान गरेको हो।  महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका १७औं गभर्नर हुन् । उनको नियुक्ति ६ अप्रिल २०२० मा भएको हो।

उनको करियरमा नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढीको अनुभव छ। उनले वित्तीय स्थिरता, वित्तीय क्षेत्र सुधार, केन्द्रीय बैंकिङ अपरेसन, एंटी मनी लाउन्ड्रिङ र आतंकवादको वित्तपोषणको नियन्त्रण जस्ता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।