Skip to content

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइक्यानको १५ लाख ५० हजार २ सय ५५ सहयोग

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ। आइक्यानले एक सूचना जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको जनाएको छ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुन:स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले आइक्यानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५ लाख ५० हजार २ सय ५५ सहयोग गरेको हो ।

संस्थाले एक सूचना जारी गर्दै विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संस्थाका पार्षद् सदस्य, विभिन्न स्थायी तथा अस्थायी समिति सदस्य, बोर्डका सदस्य, कर्मचारी तथा कर्मचारी संघको सामूहिक सहभागिताबाट उक्त रकम संकलन गरी सहयोग गरिएको हो। आइक्यानले जारी गरेको सूचना हेर्नुहोस्:

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।