काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा) ले राहत अभियान सञ्चालन गर्ने भएको छ। हालैको हिमपहिरो तथा त्यसपछि भोटेकोशी, त्रिशूलीलगायतका नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि एक्यान र एनकासाले राहत अभियान सञ्चालन गर्ने भएका हुन्।
एक्यानले जारी गरेको सूचना अनुसार बाढीबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने उद्देश्यले खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य अत्यावश्यक सामग्री संकलन र वितरण गरिनेछ। प्रभावित परिवार तथा क्षेत्रमा प्राथमिकताका आधारमा राहत सामग्री पुर्याउने जनाइएको छ।
राहत सामग्री उपलब्ध गराउन इच्छुकहरूले एक्यानको प्रधान कार्यालय, बबरमहल तथा एनकासाको प्रधान कार्यालय, बिजुली बजारमा सामग्री उपलब्ध गराउन सक्ने सूचनामा उल्लेख छ।
सूचनासहित:




प्रतिक्रिया दिनुहोस्