विदुर (देवीघाट), नुवाकोट। लायन्स क्लब अफ काठमाडौं चार्टर्ड एकाउन्टेन्ट्स (LCK CA) ले बाढीपीडित वृद्धाश्रमलाई राहत सामग्री हस्तान्तरण गरेको छ। भोटेकोशी बाढीबाट प्रभावित देवीघाटस्थित वृद्धाश्रममा लायन्स क्लब अफ काठमाडौं चार्टर्ड एकाउन्टेन्ट्सले करिब रु. २ लाख बराबरका खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेको हो ।
क्लबका सदस्यहरू प्रभावित क्षेत्रमा नै पुगेर वडा अध्यक्ष तथा वृद्धाश्रमका पदाधिकारीहरूको उपस्थितिमा चामल, दाल, तेल, नुन, पिउने पानी लगायतका सामग्री हस्तान्तरण गरेका हुन्।
विपद्को यस कठिन घडीमा चार्टर्ड एकाउन्टेन्टहरूको सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै क्लबले राहत तथा सहयोग अभियानमा सक्रिय सहभागिता जनाएको छ।



प्रतिक्रिया दिनुहोस्