Skip to content

आइक्यानद्वारा पहिलो ब्याचको बीएमसीएस तालिम सम्पन्न, दुई दिने तालिममा ४१३ जना सहभागी !

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले पहिलो ब्याचको बेसिक म्यानेजमेन्ट एन्ड कम्युनिकेसन स्किल्स (बीएमसीएस) तालिम सम्पन्न गरेको छ । आइक्यानले चार्टर्ड एकाउन्टेन्सी अध्ययनरत विद्यार्थीलाई व्यावसायिक जीवनका लागि आवश्यक व्यवस्थापन तथा सञ्चार सीप विकास गर्ने उद्देश्यले उक्त तालिम सम्पन्न गरेको हो ।

तालिम भदौ ७ र ८ गते सञ्चालन गरिएको थियो। दुई दिने तालिममा ४१३ जना चार्टर्ड एकाउन्टेन्ट बन्न तयारी गरिरहेका विद्यार्थी सहभागी भएका थिए।

तालिममा विद्यार्थीलाई प्राविधिक ज्ञानसँगै कार्यस्थलमा आवश्यक पर्ने व्यावहारिक तथा व्यावसायिक सीपबारे प्रशिक्षण दिइएको थियो। तालिमका क्रममा विशेषगरी आर्टिकलसिपका लागि तयारी, व्यावसायिक आचरण, प्रभावकारी सञ्चार, कार्यस्थलमा सम्बन्ध व्यवस्थापन तथा अध्ययन र कामबीचको सन्तुलन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो।

त्यस्तै, बदलिँदो डिजिटल कार्य वातावरणलाई ध्यानमा राख्दै साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल जोखिम व्यवस्थापन सम्बन्धी विषय पनि तालिममा समेटिएको थियो।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।