Skip to content

दिबस अधिकारी बने क्याप ३ मा अल नेपाल र्‍यांक १, आइक्यानको इतिहासमै सर्वाधिक ५३८ अंक हासिल !

काठमाडौँ। जुन २०२६ को चार्टर्ड एकाउन्टेन्सी परीक्षा क्याप ३ तर्फ डिबस अधिकारीले अल नेपाल र्‍यांक १ हासिल गरेका छन्। चार्टर्ड एकाउन्टेन्सी (सिए ) अन्तर्गत नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले जुन २०२६ मा सञ्चालन गरेको क्याप ३ परीक्षामा डिबस अधिकारीले अल नेपाल र्‍यांक १ हासिल गरेका हुन्।

अधिकारीले परीक्षामा ५३८ अंक प्राप्त गर्दै देशभर प्रथम स्थान हासिल गरेका हुन्। यो ५३८ अंक आइक्यानको इतिहासमै अहिलेसम्मकै उच्च अंक भएको पाइएको छ। उनको यो उपलब्धिलाई नेपालको चार्टर्ड एकाउन्टेन्सी शिक्षाको क्षेत्रमा उल्लेखनीय सफलता मानिएको छ।

आफ्नो सफलताबारे प्रतिक्रिया दिँदै उनले सामाजिक संजालमा भनेका छन्, ‘यो उपलब्धि आफूका लागि केवल एउटा नतिजा वा र्‍याङ्क मात्र होइन, यो मेरो लागि केवल एउटा रिजल्ट थिएन । यो हरेक निद्राविहीन रात थियो, थकानका बाबजुद निरन्तर गरेको संघर्ष थियो, आफूले सक्छु कि सक्दिनँ भनेर प्रश्न गरेका हरेक क्षण थिए र ती सबैकाबीच पनि हार नमान्ने निर्णय थियो ।’

त्यस्तै, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले जुन २०२६ मा सञ्चालन गरेको चार्टर्ड एकाउन्टेन्सी (सीए) को क्याप १, क्याप २ र क्याप ३ परीक्षाको नतिजा सार्वजनिक गरेको थियो ।जसमा फाउन्डेसन तहमा ५२८ जना परीक्षार्थी, क्याप १ तहमा ४२ जना, क्याप २ को दुवै समूहमा १४२ जना, पहिलो समूहमा २७२ जना र दोस्रो समूहमा १९६ जना  उत्तीर्ण भएका थिए ।

यसैगरी, क्याप ३ को दुवै समूहमा ५३ जना, पहिलो समूहमा १३५ जना र दोस्रो समूहमा २७१ जना परीक्षार्थी उत्तीर्ण भएको आईक्यानले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ।

परीक्षामा सहभागी परीक्षार्थीमध्ये फाउन्डेसन तहमा ६१.६१ प्रतिशत, क्याप १ मा १८.७५ प्रतिशत, क्याप २ मा १९.४३ प्रतिशत र क्याप ३ मा २२.८५ प्रतिशत उत्तीर्ण भएका छन्।

 

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।