Skip to content

जून २०२६ परीक्षामा प्राइम सिएका विद्यार्थीको ७ र्यांक !

काठमाडौँ। प्राइम सिएका विद्यार्थीहरूले विभिन्न तहमा उत्कृष्ट नतिजा हासिल गरेका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा जून २०२६ मा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी परीक्षामा प्राइम सिएका विद्यार्थीहरूले विभिन्न तहमा उत्कृष्ट नतिजा हासिल गरेका हुन्।

क्याप २ मा सुन्दर ढकालले दोस्रो स्थान, फाउन्डेसन तहमा रक्षा राइले दोस्रो स्थान, क्याप १ मा चन्दन कुमार यादवले दोस्रो स्थान, फाउन्डेसन तहमा कला न्यौपानेले तेस्रो स्थान, करुणा कुमारी कपाडीले पाँचौँ स्थान, रोजालिन सेनले छैटौँ र प्रज्ज्वल पराजुलीले नवौँ स्थान हासिल गरेका छन्।

प्राइम सिएका विद्यार्थीहरूको यो उपलब्धिले प्रतिस्पर्धात्मक क्षमता र चार्टर्ड एकाउन्टेन्सी अध्ययनमा उनीहरूको निरन्तर उत्कृष्टतालाई देखाएको छ।

यस सफलतासँगै प्राइम सिएले आफ्ना विद्यार्थीहरूको उपलब्धिप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय चार्टर्ड एकाउन्टेन्सी शिक्षा र उत्कृष्ट नतिजाका लागि निरन्तर काम गर्ने जनाएको छ।

 

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।