Skip to content

चार्टर्ड एकाउन्टेन्ट अशोक सुवेदी गरिमा क्यापिटलको कामु सिइओमा नियुक्त

काठमाडौँ। चार्टर्ड एकाउन्टेन्ट अशोक सुवेदी गरिमा क्यापिटलको कामु सिइओमा नियुक्त भएका छन्। गरिमा क्यापिटलको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (एक्टिङ सिइओ) मा सिए अशोक सुवेदीलाई नियुक्त गरेको हो।

साउन २७ गते बसेको कम्पनीको संचालक समितिको ९४औँ बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो।

उनी भदौ १ गतेदेखि लागू हुने गरी सो पदमा नियुक्त भएका हुन्। सिए अशोक सुवेदीले चार्टर्ड एकाउन्टेन्सीमा व्यावसायिक डिग्री तथा वाणिज्यशास्त्रमा स्नातक गरेका छन्।

साथै, बैंकिङ तथा पुँजी बजार क्षेत्रमा ६ वर्षभन्दा बढी अनुभव भएका उनले देवेन्द्र के. जैन एन्ड एसोसिएट्समा ३ वर्ष इन्टर्नका रूपमा करियर सुरु गरेका थिए। जहाँ उनले बजारको कार्यप्रणाली र गतिशीलताबारे महत्वपूर्ण अनुभव हासिल गरेका छन् ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।