Skip to content

सिए नागेन्द्र साह नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौँ। सिए नागेन्द्र साह नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । उनलाई साउन २० गते बसेको मन्त्रिपरिषद् बैठकले सो पदमा नियुक्त गरेको हो।

उनी निगमको पूर्वनिमित्त कार्यकारी निर्देशक पनि हुन् । साह खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन्  । निगमको कार्यकारी निर्देशक नियुक्तिको सिफारिस गर्न गठित समितिले साउन १७ गते उक्त पदमा नियुक्तिका लागि साहसहित प्यूठानका कौशल केसी र सप्तरीका सञ्जिकुमार देवको नाम सिफारिस गरेको थियो ।

नेपाल आयल निगमको कार्यकारी निर्देशक जस्तो महत्वपूर्ण पदमा नियुक्तिपाएको भन्दै धेरै सिएहरूले उनलाई सामाजिक संजालमा बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन्।

साहको व्यावसायिक दक्षता, इमान्दारिता तथा दूरदर्शी नेतृत्वले नेपाल आयल निगमलाई अझ सुदृढ, प्रभावकारी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास धेरैले गरेका छन्।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।