Skip to content

सिए सुभाष जमरकट्टेल माछापुच्छ्रे बैंकको डेपुटी सिइओमा नियुक्त

काठमाडौँ। माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा सुभाष जमरकट्टेल नियुक्त भएका छन्। बैंकले व्यवस्थापन तहमा पदोन्नति गर्दै सुभाष जमरकट्टेललाई डेपुटी सिइओ पदमा बढुवा गरेको हो । उनी सिए पनि हुन्।

बैंक सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले हाल नायब महाप्रबन्धकको जिम्मेवारी सम्हालिरहेका जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति गर्ने निर्णय गरेको हो।

जमरकट्टेल चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय व्यवस्थापनका अनुभवी व्यवसायिक हुन्। उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सीको उपाधि हासिल गरेका छन्।

साथै, त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुन विषयमा स्नातक तथा थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट बैंकिङ्ग तथा फाइनान्स विषयमा प्रोफेसनल मास्टर्स डिग्री प्राप्त गरेका छन्।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।