Skip to content

आइक्यानका पदाधिकारी र अर्थमन्त्रीका राजस्व सल्लाहकारबीच राजस्व सुधारका विषयमा छलफल

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का पदाधिकारीले माननीय अर्थमन्त्रीका राजस्व सल्लाहकार सिए भोजन अर्यालसँग छलफल गरेका छन्। राजस्व परिचालनलाई थप प्रभावकारी बनाउने विषयमा उनीहरूबीच महत्वपूर्ण छलफल भएको हो।

भेटवार्ताका क्रममा नेपालको राजस्व प्रणालीलाई सुदृढ बनाउने, कर प्रशासनलाई थप प्रभावकारी र पारदर्शी बनाउने तथा दिगो आर्थिक वृद्धिलाई टेवा पुग्ने नीति सुधारका उपायहरूबारे विस्तृत विचार विमर्श भएको थियो।

छलफलमा दुवै पक्षले राजस्व सुधारसँग सम्बन्धित विभिन्न विषयमा आफ्ना अनुभव र सुझाव आदानप्रदान गर्दै प्रभावकारी राजस्व सुधारका लागि आपसी सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेटलाई नेपालको राजस्व प्रणाली सुधार र आर्थिक सुशासन प्रवर्द्धनतर्फ सकारात्मक पहलका रूपमा हेरिएको छ।

 

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।