Skip to content

सिएहरूलाई गरिमा विकास बैंकमा काम गर्ने अवसर

काठमाडौँ। गरिमा विकास बैंकले काम गर्ने अवसर खुलाएको छ। बैंकले काठमाडौं उपत्यका, धनगढी र सुर्खेतस्थित शाखाका लागि शाखा प्रबन्धक, चार्टर्ड एकाउन्टेन्ट  र सेमी क्वालीफाइड सिए मागेको हो।

बैंकले योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। इच्छुक उम्मेदवारले बैंकको आधिकारिक करिअर पोर्टलमार्फत २०८३ साउन १५ (३१ जुलाई २०२६) भित्र आवेदन दिन सक्नेछन्।

इच्छुक उम्मेदवारले अद्यावधिक गरिएको बायोडाटासहित बैंकको आधिकारिक करिअर पोर्टलमार्फत आवेदन दिनुपर्नेछ।

प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र भर्ना प्रक्रियाको आगामी चरणमा सहभागी गराइने बैंकले जनाएको छ।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।