Skip to content

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सदस्यमा सिए बिनोद फुयाँल नियुक्त

काठमाडौँ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सदस्य (चार्टर्ड एकाउन्टेन्ट) पदमा सिए बिनोद फुयाँल नियुक्त भएका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सदस्य (चार्टर्ड एकाउन्टेन्ट) पदमा सिए बिनोद फुयाल नियुक्त भएका हुन्।

मन्त्रालयले काठमाडौँ महानगरपालिका-६, मनोहरा निवासी चाटर्ड एकाउन्ट तर्फ फुयाँललाई सहकारी ऐन, २०७४ को दफा १०३ग को उपदफा (१) को खण्ड (ङ) बमोजिम प्राधिकरणको सदस्यमा नियुक्त गरेको हो।

उनी चार वर्षे कार्यकालका लागि सो पदमा नियुक्त भएका हुन्।

हाल प्राधिकरणको अध्यक्षको जिम्मेवारी भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन सचिव मदन भुजेलले सम्हालिरहेका छन् भने प्राधिकरणमा अध्यक्ष सहित थप एक सदस्य नियुक्त गर्न बाँकी छ । अध्यक्ष रिक्त रहँदा स्वत: सचिव अध्यक्ष हुने व्यवस्था रहेको छ ।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।