काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट स्टुडेन्ट्स एसोसिएसन (एनकासा) ले आयोजना गरेको लिट्रेचर नाइट सम्पन्न भएको छ । एनकासाले आफ्नो २४औँ एनकासा दिवसको अवसरमा सो कार्यक्रम आयोजना गरेको थियो ।
साहित्य, कविता, कथा वाचन, स्पोकन वर्ड तथा सिर्जनात्मक प्रस्तुतिमार्फत विद्यार्थी र युवा प्रतिभालाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको सो कार्यक्रममा सिए विद्यार्थीहरुले आफ्नो प्रस्तुती दिएका थिए ।
कार्यक्रममा सिए विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्