Skip to content

सिए सरोकारको समाचारपछि इसेवाले सच्यायो आईक्यानको नाम

काठमाडौँ । इसेवाले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को नाम सच्याएको छ । आईक्यानले प्रदान गरेको ‘बीपीए अवार्ड २०२५’ अन्तर्गत ‘सर्टिफिकेट अफ मेरिट’ पाएपछि खुसी साट्दै सामाजिक सञ्जालमा गरेको पोष्टमा इसेवाले आईक्यानको नाम सच्याएको हो । 

सञ्चार तथा आईटी विधामा इसेवाले ‘सर्टिफिकेट अफ मेरिट’ पाएको थियो । 

इसेवाले सोही खुसी सामाजिक सञ्जालमा सेयर गर्ने क्रममा आईक्यानको नाम नै गलत लेखेको थियो । इसेवाले अँग्रेजीमा आईक्यानको नाम लेख्दा अगाडिको The नै हटाएको थियो । जबकी आईक्यानको पूरा नाम ‘The Institute of Chartered Accountants of Nepal’ हो ।

आफूलाई अवार्ड दिने संस्थाको नाम नै गलत लेखेको पाइएको सिए सरोकारले समाचार सम्प्रेषण गरेको थियो । सो समाचारपछि इसेवाले आईक्यानको नाम सच्याएको छ ।

इसेवाका सिइओ जगदीश खड्का आइक्यानकै सदस्य हुन् । यसअघि निकै राम्रो पर्फर्मेन्स गरेको इसेवा खड्का सिइओ भएपछि ६३ पटक बिग्रिसकेको छ । इसेवाको एप नै पटक पटक बिग्रिएपछि उनीमाथि कम्पनी छाड्न दबाब बढेको थियो । तर, अर्का एक सिनियर सिएकै कारण हालसम्म उनी इसेवाको सिइओ पदमै छन् ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।