Skip to content

आईक्यानको पूरा नाम नै लेख्न नजान्ने इसेवाले आईक्यानबाटै पायो बीपीए अवार्ड !

काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट जगदीश खड्का सिइओ रहेको इसेवाले ‘बीपीए अवार्ड २०२५’ अन्तर्गत ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले प्रदान गर्ने यो अवार्डमा इसेवाको वित्तीय प्रस्तुतीकरण औसत भएकोमा ’सर्टिफिकेट अफ मेरिट’ अवार्ड प्रदान गरिएको हो । सञ्चार तथा आईटी विधामा प्रदान गरिएको यो अवार्डमा गोल्ड, सिल्भर र कास्य अवार्ड जित्न कोही पनि संस्था सफल भएनन् । बाँकी, इसेवासहित ३ संस्थालाई आइक्यानले ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरेको हो ।

यद्यपि यो खुसी सामाजिक सञ्जालमा सेयर गर्ने क्रममा इसेवाले आईक्यानको नाम नै गलत लेखेको छ । इसेवाले अँग्रेजीमा आईक्यानको नाम लेख्दा अगाडिको The नै हटाएको छ । जबकी आईक्यानको पूरा नाम ‘The Institute of Chartered Accountants of Nepal’ हो ।

इसेवाका सिइओ जगदीश खड्का आइक्यानकै सदस्य हुन् । यसअघि निकै राम्रो पर्फर्मेन्स गरेको इसेवा खड्का सिइओ भएपछि ६३ पटक बिग्रिसकेको छ । इसेवाको एप नै पटक पटक बिग्रिएपछि उनीमाथि कम्पनी छाड्न दबाब बढेको थियो । तर, अर्का एक सिनियर सिएकै कारण हालसम्म उनी इसेवाको सिइओ पदमै छन् ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।