Skip to content

आइक्यानको ‘सिएफओ कन्केल्भ २०२६’ कार्यक्रम भव्य रुपमा सम्पन्न (तस्विरहरू)

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) ले ‘सिएफओ कन्केल्भ २०२६’ कार्यक्रम आयोजना गरेको छ। आइक्यानले असार १६ गते ‘सिएफओ कन्केल्भ २०२६’ कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रम बिहान १० बजेदेखि काठमाडौंस्थित होटल याक एण यतिमा आयोजना भएको हो। आइक्यानले ‘Leading Beyond Finance, Shaping the Future’ भन्ने मूल नारासहित उक्त कार्यक्रम गरेको हो।

कार्यक्रममा प्रमुख वित्तीय अधिकृत (सिएफओ), चार्टर्ड एकाउन्टेन्ट, उद्योगी-व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, नियामक निकायका अधिकारी, नीति निर्माता तथा वित्त व्यवस्थापनसँग सम्बन्धित विज्ञहरूको उल्लेख्य सहभागिता थियो।

कार्यक्रममा नबिल बैंकका सिइओ मनोज कुमार ज्ञवालीले आफ्नो व्यावसायिक अनुभव साझा गर्दै सफल करिअरका लागि कामलाई केवल जिम्मेवारीका रूपमा नभई आफ्नो प्यासन (जुनून) का रूपमा लिनुपर्नेमा जोड दिएका हुन् ।

उनले कुनै पनि पेशामा उत्कृष्ट नतिजा हासिल गर्न निरन्तर सिक्ने बानी, इमानदारी, अनुशासन र कामप्रतिको समर्पण आवश्यक हुने बताएका छन् । ‘आफ्नो कामलाई प्यासनका रूपमा लिन सकियो भने चुनौतीहरू अवसरमा रूपान्तरण हुन्छन् र उत्कृष्ट परिणाम हासिल गर्न सहज हुन्छ,’ उनले भने। कार्यक्रमका तस्विरहरू:

 

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।