Skip to content

अपरेशन अण्डरकटिङ – २ : एनएआरएसको लाइसेन्स खारेजीको माग गर्दै आइक्यानकै पूर्व अध्यक्षले दिए उजुरी !, ‘एक्यानको छत्रछायाँमा बदमासी !’

काठमाडौँ । नियामक नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले नै गैरकानुनी भनेको अण्डरकटिङ काममा संलग्न रहेको भन्दै एनएआरएस एसोसिएट्सविरुद्ध आइक्यानकै पूर्व अध्यक्षसमेत रहेका सुबोध कर्णले नै उजुरी दिएको पाइएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको आर्थिक बर्ष २०८१-८२ को लेखापरीक्षण अघिल्लो बर्ष आफुले ६ लाख रुपैयाँ (मुअ कर बाहेक) गरेकोमा एनएआरएस एसोसिएट्सले ५ लाख रुपैयाँमै गरेको भन्दै सो फर्मविरुद्ध कर्णले उजुरी दर्ता गराएका हुन् ।

सिए कर्णले आफुहरुले एनएआरएस एसोसिएट्सविरुद्ध उजुरी दिएको पुष्टी गरेका छन् । ‘मैले अघिल्लो आर्थिक बर्षको अडिट ६ लाख रुपैयाँमा गरेको थिएँ । आर्थिक वर्ष २०८१-८२ को काममा बिड गर्ने ८ वटा फर्ममध्ये सबैभन्दा कम बिड गर्ने ज्ञवाली एण्ड एसोसिएट्सलाई नियुक्ति गर्ने कुरा भयो । तर सो फर्मले अघिल्लो आर्थिक बर्षको तुलनामा आफुले बिड गरेको रकम कम भएको भन्दै इन्कार गर्यो । पछि एनएआरएसले सो काम गर्यो ।’ सिए कर्णले सिए सरोकारसँग भने, ‘कुल ८ वटा फर्मले बिड गरेका थिए । एनएआरएसले अन्डरकटिङ गरेर काम लियो । मैले सो विरुद्ध आइक्यानमा उजुरीसमेत गरेको छु । यस्तो गलत काम गर्नेको लाइसेन्स नै खारेज हुनुपर्छ भनेर मागसमेत गरेको छु । तर आइक्यानले यसमा के गर्यो थाहा छैन ।’

यता, एनएआरएसका पार्टनर निशान पौडेलले भने आफुहरुले सो काम अघिल्लो आर्थिक बर्षको तुलनामा कम शुल्कमा गरेको भएपनि अघिल्लो पटकको तुलनामा टिओआर नै फरक भएकाले कम शुल्कमा काम गरेको दाबी गरेका छन् । ‘मिनिमम अडिट फीको कुरा उठेको थियो । तर टिओआर नै फरक परेपछि हामीले सो काम गरेका हौँ ।’

यता, आइक्यानले पनि कर्णको उजुरी परेको र सो उजुरीको प्रक्रिया अघि बढेको बताएको छ । तर, निशान पौडेलले भने आफुहरुलाई आइक्यानबाट त्यस्तो कुनै चिठी पत्र आएको विषय थाहा नभएको दाबी गरेका छन् ।

‘एक्यानको छत्रछायाँमा बदमासी !’

यता चितवनका अन्य सिएहरुले पनि चितवनमा अण्डरकटिङ्ग धन्दाले भयावह रुप लिईसकेको दाबी गरेका छन् । ‘एक्यानकै छत्रछायाँमा बदमासी भएको छ । एक्यानको चितवन च्याप्टरमा रहेकाहरुबाटै बदमासी भएपछि अरुहरुका लागि गलत काम गर्ने बाटो खुलेको छ ।’ एक अर्का सिएले सिए सरोकारसँग भने, ‘आइक्यानले खोज्ने हो भने कम्तीमा पनि २० वटा अन्डरकटीङ्गको केस चितवनकै साथीहरुले गरेको भेटिन्छ । तर कसैमाथि पनि कारवाही हुन सकेको छैन ।’

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।