Skip to content

संकेत एण्ड एसोसिएट्सको नाममा गैरकानुनी धन्दा, आइक्यानको नियम मिचेर सिएको सर्टिफिकेसन सेवाको विज्ञापन !

काठमाडौँ । विदेश पढ्न जानेहरुलाई सर्टिफिकेसन गरिदिने भन्दै संकेत एण्ड एसोसिएट्सका नाममा गैरकानुनी धन्दा चलिरहेको खुलासा भएको छ । आइक्यानको नियम मिच्दै सो सिए फर्मको नाममा गैरकानुनी विज्ञापन भएको पाइएको हो । आइक्यानले यस्तो कामलाई बर्जित गरेको छ ।

कुनै पनि सिए फर्मले सामाजिक संजालमा आफ्नो सेवाको विज्ञापन गर्न नपाइने प्रष्ट व्यवस्था हुँदा हुँदै संकेत एण्ड एसोसिएट्स नाममा सामाजिक संजाल फेसबुकमा आफ्नो सेवाको विज्ञापन राखेर बदमासी गरेको पाइएको हो । विज्ञापनमा विदेश जानेहरुका लागि बैंक र एम्बेसीले स्वीकार गर्नेगरी सर्टिफिकेसन गरिदिने भनिएको छ ।

संकेत अधिकारी नाम गरेका व्यक्ति प्रोप्राइटर रहेको भनिएको सो फर्मले सो विज्ञापनमा ह्वाट्स एप नम्बरसमेत दिएको छ । सो नम्बरमार्फत क्लाइण्ट खोजेर उनले सेवा दिँदै आएको पाइएको छ ।

यद्यपी सो नम्बरमा सम्पर्क गर्दा हामीसँग कुराकानी गर्नेले आफु सिए नभएको दाबी गरे । उनले सो विज्ञापन हटिसकेकोसमेत दाबी गरेका हुन्  ।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।